चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको शुभतारा सेवाकेन्द्र आज आश्विन २१ गते समुद्घाटन भई सञ्चालनमा आएको छ । साविक शुभतारा बहुउद्धेश्यीय सहकारी संस्था लि. र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि.विच एकीकरण प्रकृया सम्पन्न भई उक्त सेवाकेन्द्र सञ्चालन भएको हो । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के.बी.उप्रेतीज्यूबाट आज घटस्थापनाको दिन उद्घाटन भएको उक्त सेवाकेन्द्र बाट आजै थप २१० जना नयाँ व्यक्तिहरुले सदस्यता लिनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि के.बी. उप्रेतीले चन्द्रागिरि साकोसले सहकारी अभियानमा सकारात्मक सन्देश जाने गरी सदस्यहरुको सेवा व्यवस्थापन गरेकोमा आफु खुसी रहेको कुरा बताउँदै सहकारी क्षेत्रको छबी राम्रो बनाउनमा पनि योगदान रहने गरी अगाडि बढ्नु भूमिका खेल्नुपर्ने कुरा राख्नुभयो । कार्यक्रममा महामञ्जुश्री आवास विशिष्टीकृत सहकारी संघका अध्यक्ष श्री मुकुन्दप्रसाद दहाल, जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल र नेपाल पर्यटन केन्द्रिय सहकारी संघका अध्यक्ष श्री रामशरण शर्मा घिमिरेले पनि आ आफ्नो धारणा राख्नु भएको थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ संस्थाको संक्षिप्त परिचय, वस्तु तथा सेवा र भावी योजनाको बारेमा प्रस्तुतीकरण राख्नु भएको थियो भने सञ्चालक तथा सेवाकेन्द्र व्यवस्थापन उप समितिका संयोजक ऋषिराम घिमिरेले चन्द्रागिरि र शुभताराको एकीकरण सम्बन्धी पृष्ठभूमीमा चर्चा गर्नुको साथै अध्यक्ष योगेन्द्र कुँवरदे उक्त क्षेत्रमा सदस्यहरुलाई सन्तुष्टी हुने गरी सेवा प्रदान गरिने विषयमा प्रकाश पार्नुभएको थियो ।

Comments