Tel: 01 4313058, POB: 5018, Ambulance Tel: 01 4312109, Mob: 9741263773, 9810198440|info@chandragiri.coop.np

सहकारी का ७ सिद्धान्तहरु

/सहकारी का ७ सिद्धान्तहरु
सहकारी का ७ सिद्धान्तहरु 2018-09-02T19:24:25+00:00

सहकारी का ७ सिद्धान्तहरु

१. खुला तथा स्वेच्छिक सदस्यता (Open and Voluntary Membership):

  • निर्धारित योग्यता पुगेको कुनै व्यक्तिलाई संस्थाको सदस्य बन्ने ,
  • राजनैतिक, आर्थिक, जातीय, लैङ्गिक विभेद गर्नु नहुने,
  • सदस्य संस्थाको कार्यक्षेत्र भित्र बसोबास गरेको हुनुपर्ने,
  • सदस्यको हैसियतले वहन गर्नु पर्ने जिम्मेवारी वहन गर्न स्वीकार गर्नुपर्ने ,
  • संस्थाले उपलब्ध गराउने सेवा उपभोेग गर्न तयार हुनुपर्ने ,
  • सदस्यले संस्थाको सदस्यता त्याग्न चाहेमा सदस्यता त्यागी अलग हुन सक्ने,
  • कृतिम छेकवार/बन्देज लगाई सदस्य बन्नबाट वञ्चित गर्न नहुने ।

२. लोकतान्त्रिक नियन्त्रण (Democratic Control By Members):

  • शेयर जतिसुकै खरिद गरे पनि सदस्यहरूद्वारा सदस्यहरूको आर्थिक सामाजिक विकास गर्ने उद्देश्यले गठन हुने हुँदा सदस्यहरूले नै नियन्त्रण गर्नु पर्ने,
  • एक सदस्य एक मतको पद्धति लागु हुने,
  • संस्थाका सबै सदस्यहरू संलग्न हुन पाउने साधारण सभाद्वारा संस्थाको नीति निर्माण गरिने,
  • सहकारीमा साधारण सभा नै सर्वोच्च अंग हुने भएकोले यसले व्यवस्थापिका, कार्यपालिका, र न्यायपालिकाको कार्य सम्पादन गर्ने ,
  • सदस्यहरू मध्येबाटै साधारण सभाद्वारा निर्वाचित प्रतिनिधिहरूद्वारा छानिएको संचालक समितिले सञ्चालन गर्ने,
  • सदस्य–सदस्य बीच सेवामा विभेद नगरिने,
  • संस्था सञ्चालन कार्यमा संलग्न प्रतिनिधि व्यक्तिगत रुपमा साधारण सदस्य प्रति र सामुहिक रुपमा संचालक समिति प्रति उत्तरदायी हुने ।

३. सदस्यहरुको आर्थिक सहभागीता(Economic Participation of Members):

  • सहकारीलाई आर्थिक कार्य, व्यवसाय गर्ने माध्यमको रुपमा स्वीकार गर्ने,
  • प्रति शेयर समान मूल्य र एउटा शेयर र एकभन्दा बदी शेयर लिने सदस्यको कानूनी हैसियत र स्तर बराबर हुने,
  • सिमित लाभ (धेरै लाभांशले ऐक्यबद्वताको भावना घट्न सक्दछ) वितरण गर्ने,
  • सदस्यले गरेको कारोवारका आधारमा संरक्षित पूँजी कोषबाट प्रतिफल पाइने,
  • वचत (नाफा) बाट जगेडा कोष र अन्य कोषहरू खडागरी प्रभावकारी व्यवस्थापन गर्ने ।

४. स्वायत्तता र स्वतन्त्रता(Autonomy and Independence):

  • संस्था बाहृय नियन्त्रण, हस्तक्षेपबाट मुक्त हुने,
  • सदस्यहरूद्वारा स्वयं (आन्तरिक) नियन्त्रण र सन्तुलनको व्यवस्था अर्थात संस्थामा हिनामिना तथा अन्य गलत कार्य भए सदस्यहरू स्वयं जिम्मेवार हुने व्यवस्था,
  • संस्थाले अन्य संस्था/व्यक्ति/सरकार सबै सँग निश्चित शर्त र सम्झौताको आधारमा कार्य गर्न सक्ने अधिकार,
  • आफ्ना संस्था सञ्चालन गर्न चाहिने विनियम आफै बनाउन सक्ने अधिकार,
  • सहकारी संस्थाले उपयोग गर्ने स्वायत्तता र स्वतन्त्रता प्रचलित ऐन, नियम, सहकारी मूल्य, सिद्धान्तको परिधिमा रही उपयोग गर्नपर्दछ

५. शिक्षा, तालिम र सूचना(Education, Training and Information):

  • संस्थाले सदस्यहरूलाई सहकारी शिक्षा र आवश्यकता अनुरुप
  • व्यवसायिक सीप विकास व्यवस्थापन तालिम प्रदान गर्नुपर्ने,
  • सहकारी शिक्षा कोषको व्यवस्था हुनुपर्ने,
  • प्रशिक्षित/शिक्षित सदस्यहरूद्वारा संस्थाको समुन्नतिमा योगदान पुग्ने,
  • संस्था भित्र र बाहिर सूचना प्रणालीको विकास र युग अनुसारको सूचना प्रदान गर्नुपर्ने ।

६. सहकारीहरुविच सहयोग (Cooperation among)

  • प्रारम्भिक देखि अन्तर्राष्ट्रियस्तरसम्मका सहकारीहरु बीच सूचना एवं व्यवसायिक संजालको विकास गर्ने,
  • अन्तरसहयोगको माध्यमबाट अन्य क्षेत्रसँग प्रतिस्पर्धा गर्ने क्षमताको विकास गर्ने,
  • जिल्लास्तरीय विषयगत संघ, जिल्ला सहकारी संघ, केन्द्रीय संघहरू,
  • राष्ट्रिय सहकारी संघ हुँदै अन्तरराष्ट्रिय सहकारी महासंघ सम्मको, अन्तरसम्बन्धबाट व्यवसायिक क्रियाकलापको दायरा विस्तार गर्ने ।

७. समुदाय प्रति चासो (Concern For Community):

  • समूहको एकपक्ष कमजोर भए अन्य पक्ष पनि कमजोर हुन जान्छ (अन्तरनिर्भरता) भन्ने मान्यतालाई यो सिद्धान्तले स्वीकारेको छ,
  • समूहको हितकै लागि गठन हुने,
  • समुदाय प्रतिको सेवाले संस्थामा सकारात्मक प्रभाव पार्ने,
  • वृक्षारोपण, शिक्षा, स्वास्थ्य, परिवार नियोजन, सरसफाई, खानेपानी,
  • कुलो, पाठशाला, धार्मिक सांस्कृतिक पर्वहरूमा सहकारी सहयोग बढाउने,
  • आकस्मिक दुर्घटना÷दैवी प्रकोप– (आगलागी, भुइचालो आदि) को समयमा उद्धार र पुनस्र्थापनाका कार्यमा सहभागिता बढाउने ।

स्रोतः सहकारी विभाग (सहकारी सचेतना २०६९)